९ कार्तिक २०८३, सोमबार

भूकम्पपछि बर्षा र पहिरोका कारण हेलम्बु पदमार्ग सुनसान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helambu-300x180मेलम्ची, १० भदौ । सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट र लोकप्रिय हेलम्बु मेलम्ची घ्याङ शेर्माथान पर्यटकीय पदमार्ग सुनसान बनेको छ ।

भूकम्पका कारण पदमार्गका विभिन्न ठाउँमा गएका ठूलाठूला पहिरोका कारण र भूकम्पले धाँजा फाटेको ठाउँमा अविरल वर्षाका कारण पहिरो जान थालेपछि पदमार्ग सुनसान बनेको हो ।

पटकपटक पदमार्ग क्षेत्रको तिम्बु–शेर्माथान र मेलम्ची नगरपालिकाको फट्टेलगायतका ठाउँमा पहिरो गएपछि पदमार्गमा अहिले कोही पनि पर्यटक नभेटिने हेलम्बु गाविसका सहायक सचिव आङदावा शेर्पाले जानकारी दिनुभयो ।

मेलम्ची –शेर्माथान–लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै रसुवा पुग्ने पदमार्गमा अहिले पर्यटकनै भेटिँदैनन् ।

भूकम्प जानुभन्दा अघि शेर्माथान गाउँमा बास बस्ने दिनमा १० जनासम्म पर्यटक हुन्थे तर आजभोलि एक जना पनि नहुने किउल गाविसका सचिव राजु श्रेष्ठले बताउनुभयो ।

पहिलेको तुलनामा भूकम्पपछि आन्तरिक पर्यटकबाहेक बाह्य पर्यटक नआउँदा होटल व्यवसायी निरास बनेका छन् ।

स्मरणीय छ मेलम्चीबाट शेर्माथान–लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै रसुवासम्म पुग्ने पदमार्ग जिल्लाकै पुरानो र लोकप्रिय पदमार्ग हो । रासस