९ कार्तिक २०८३, सोमबार

यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्दा…!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-convenceकञ्चनपुर, १० भदौ । एचआइभी एड्सबाट कञ्चनपुर जिल्लामा ४४० जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये २३१ पुरुष, २०८ महिला र एकजना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको हो । एड्सबाट सङ्क्रमित हुने १८ वर्षमूनिका बालबालिकाको सङ्ख्या भने ५० रहेको छ ।

जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका अनुसार गत वर्षसम्म एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या ४१९ रहेको थिया,े जसमा पुरुष २२२, महिला १९६ र एक जना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको थियो । सोही अवधिमा अठार वर्षमूनिका ४६ जना बालबालिकामा एड्सको सङ्क्रमण देखापरेको थियो ।

सबैभन्दा बढी ३० वर्षदेखि ३९ वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्सको सङ्क्रमण देखिएको छ ।

यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्ने ग्राहकहरु एचआइभी एड्सबाट बढी सङ्क्रमित भएको पाइएको जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका कार्यक्रम संयोजक रतनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको सङ्क्रमण बढ्दो रुपमा रहेको छ ।

“जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासीमा एड्सको सङ्क्रमण भएको र घरमा रहेका श्रीमतीलाई उनीहरुले नै एड्स सङ्क्रमण सारेको बढी देखिएको छ” – उहाँले भन्नुभयो ।

एचआइभी एड्सको सङ्क्रमण रोक्नका लागि जनचेतना बढाउँदै लैजानुपर्ने एनएसडब्लुएका एड्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आउनुभएका देवराज बडुले बताउनुभयो ।

विगतका वर्षहरुमा भन्दा एड्सको सङ्क्रमण दर बढ्दै गएको देखिएको छ उहाँले भन्नुभयो – “यसलाई न्यूनीकरण गर्नका लागि चेकजाँच सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नु आवश्यक छ ।”

कञ्चनपुरमा सन् २००५ मा एचआइभी एड्सको पहिलो रोगी देखापरेको थियो । जिल्ला एड्स समन्वय समितिले एचआइभी सङ्क्रमितहरुको नियमित चेकजाँचका लागि एआरटी, पिएमटिसिटी, भिसिटीलगायतका सेवा प्रदान गर्दै आएको छ । रासस