१ कार्तिक २०८३, शनिबार

आज पनि सुनको भाउ घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, १० भदौ । नेपाली बजारमा बुधबार ८ रुपैयाँले घटेको सुनको भाउमा विहीबार पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार मूल्य घटेसँगै बिहीबारका सुन तोलाको ५० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार सुन तोलाको ५१ हजारमा कारोवार भएको थियो भने मंगलबार ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । दुई दिनको अन्तरमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो ।

चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार बजारमा चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८१ रुपैयाँमा किनबेच भएको थियो ।