– विजय थापा
वाशिंगटन डिसी । नेपाली चलचित्रकी नायिका नन्दिता केसीको अमेरिकाको भ्रमण लगभग समाप्त हुन् आटेको छ । उनी अगस्त ३० तारिख मातृभुमि फर्कने तरखरमा छिन् ।
नेपालको भूकम्प पीडितहरुलाई आर्थिक सहयोग गर्न क्यालिफोर्नियामा भएको नेपाल दिवसमा सहभागी भै कार्यक्रम प्रस्तुति समेत गरिन । अभिनेत्री केसी अवसरको भुमि अमेरिका पहिलो पटक टेक्न पाएकोमा दंग छिन् । उनलाई अमेरिकाले मोहनी लगाएको बताईन । अमेरिकाका विभिन्न राज्यहरुको घुमघामको क्रममा अमेरिकाको चुम्बकीय शक्तिले तानेको बताउदै अमेरिका राम्रो लाग्यो भनिन । सपनाको संसार अमेरिकाबाट आफू लोभिएको बताईन ।
उनी गत अगस्ट ७ देखी १६ सम्म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा भएको फेस्टिबल अफ ग्लोबमा बिशेष प्रस्तुति गर्न पनि अमेरिका आएकी हुन् ।
नेपालबाट के लिएर अमेरिका आउनु भएको थियो भन्ने सवालमा नन्दिताले भनिन म विश्वलाई नेपाली चलचित्र उद्योगको बारेमा चिनारी गराउन देशको प्रतिनिधित्व गर्दै नेपालबाट अमेरिका आएको बताईन ।
अमेरिकामा के पाउनु भयो भनि जिज्ञाशा राख्दा अमेरिकाको व्यस्त जीवनमा समय व्यवस्थापन गरि नेपालीले समुदायले नेपाली कलाकार प्रति देखाएको माया, सद्भाव, समर्थन र सकारात्मक धारणाले हामी कलाकार उत्साहित र उत्प्रेरित भएको नन्दिताले भनिन । कलाकारलाई हौशला चाहिन्छ र नेपाली चलचित्र निकै माथि उठेको चर्चा परिचर्चा समुदायले गरि दिदा त्यो नै हामीले प्राप्ति ठानेका छौ ।

गफिने क्रममा टिकापुरको घटना बारे जिज्ञाशा राख्दा भाबुक बन्दै भनिन मर्माहत छु र अति दुःख लागेको बताईन । यो दर्दनाक घटना हो । एक नेपालीले अर्को नेपालीलाई गरेको अमानवीय ब्यबहार प्रति आफु चिन्तित रहेको बताईन । उनले अगाडी भनिन भूकम्पको पीडा अझ छदैछ । त्यो ठूलो घाउँ सुक्दै थियो अचानक फेरी बल्झिएकोमा मन खिन्न भएको बताईन ।
कहिले सम्म हामी लड्ने भन्दै भूकम्पले एकता ल्याएको थियो फेरी अनेकताको माहौल बन्यो नन्दिता भन्छिन । शान्तिको बुद्धको देशमा के यस्तो हालत भयो । सबैले सोच्नुपर्छ र हामी सबै मिल्नु पर्छ भनिन ।
उनले आफू परदेशमा छु । उनलाई तपाई कुन थर भन्ने प्रश्न राख्दा उनले टिकापुरको कहाली लाग्दो घटना सम्झदै झसंग हुदै उनले भनिन म सर्बप्रथम नेपाली हु । नेपाल आमा रोएको हेर्न सक्दिन । म नेपाललाई औधी माया गर्छु भनिन ।
















प्रतिक्रिया