३० आश्विन २०८३, शुक्रबार

बिहेको प्रस्ताव आएपछि सलमानले यो के गरे ? (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khanमुम्बई । बलिउडका चर्चित अभिनेता सलमान खान अहिले चर्चामा छन् ।

उनी चर्चामा आउनुको कारण विहेको प्रस्ताव हो । उनलाई एक क्युट बेबीले विहेको प्रस्ताव गरेकी हुन् । उनले विहे गर्न गरेको प्रस्ताव भिडियोलाई सलमानले आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् ।

विहेको प्रस्ताव आएपछि सलमानले उक्त भिडियो फेसबुकमा शेयर गरेका हुन् । त्यो भिडियो अहिले बलिउड बजारमा भाइरल भएको छ । भिडियोमा तीन वर्षीया बालिकाले सलमानसँग बिहे गर्न चाहेको बताएकी छिन् । भिडियोमा आमाले ‘बिहे के हो’ भनेर सोध्दा बालिकाले जवाफ दिएकी छिन्, ‘ह्याप्पी बर्थडे ।’

यो भिडियो ती बालिकाकी आमाले नै सलमानलाई पठाएकी थिइन् । त्यसपछि सलमानले भिडियोलाई फेसबुकमा राख्दै लेखेका छन्, ‘सो स्विट ।’

यसभन्दा पहिले पनि सलमानलाई यस्तै प्रस्ताव आएको थियो । फिल्म ‘बजरंगी भाइजान’ हेरेपछि एक सानी बच्चीले भावुक भएर रुँदै भनेकी थिइन्, ‘आई लभ सलमान ।’

https://www.youtube.com/watch?v=S1GTnIAgNu0