जाजरकोट, १० भदौ । जाजरकोटको कोर्टाङ गाविस–६ मा कालीबहादुर बस्नेतको गोठमा गएराति ८ बजे चट्याङ पर्दा ५० वटा बाख्रा मरेका छन् ।
चट्याङबाट घरधनी कालीबहादुर गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
उक्त ठाउँ सदरमुकाम खलङ्गाबाट तीन दिनको पैदल दूरी रहेको छ ।















प्रतिक्रिया