
पोखरा, १० भदौ । नेपाली काँग्रेसका नेता रामजी पौडेल बादलको हत्यामा संंलग्न थप दुईजनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पौडेलको हत्या लगतै फरार भएका विश्वास गौतम भारतको देहरादुनबाट पक्राउ परेका हुन् । त्यस्तै अर्का आरोपी प्रकाश गुरुङले डाडाको नाक प्रहरी चौकीमा आएर आत्मसमर्पण गरेको प्रहरी स्रोतले बताएको छ ।
आरोपी रविन केसी भने अझै फरार छन् । हत्या लगतै पक्राउ परेका राजु रानाभाटको बयानको आधारमा उनिहरुलाई प्रहरीले खोजीको सुचीमा राखेको थियो ।
पौडेलको हत्यामा संलग्नताको आशंकामा अनुसन्धानको लागि कांग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणी लामिछाने पनि प्रहरी हिरासतमा छन् । गत साउन २८ गते राति पार्टीको आन्तरिक विवाद मिलाउने काममा सक्रिय पौडेलको हत्या भएको थियो ।
प्रहरीले पौडेलको हत्यामा संलग्न आरोपीलाई आज पत्रकारसम्मेलनको आयोजना गरी सार्वजनिक गरिने बताएको छ ।















प्रतिक्रिया