देउखुरी, १० भदौ । दाङको देउखुरीमा पिकअप भ्यानको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
घोराहीबाट काठमाडौं जाँदै गरेको लु १ च ६६४५ नम्वरको पिकअप भ्यानले लालमटिया–६ मौरीघाटमा ठक्कर दिँदा सोही गाविसको वडा नं. ९ निवासी ४९ वर्षीय टंकबहादुर मल्लको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते मल्लको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
भ्यानले मल्ललाई बुधबार राति ११ बजेर १० मिनेटमा ठक्कर दिएको वताइएको छ ।















प्रतिक्रिया