९ कार्तिक २०८३, सोमबार

‘बालबालिकाप्रति संवेदनशील बन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, १० भदौ । बन्द, हडताल र आन्दोलनको कार्यक्रममा बालबालिकाको प्रयोग गरिनु र बालबालिका अध्ययन गर्ने विद्यालय अनिश्चितकालीन रुपमा बन्द गरिनुले बालबालिका शान्ति क्षेत्र र विद्यालय शान्ति क्षेत्र कार्यक्रमको प्रतिबद्धताको कार्यान्वयनमा समेत समस्या सिर्जना भएको ठहर सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको रहेको छ ।

विरोधको कार्यक्रम गर्दा बालबालिकाको अधिकार संरक्षण र संवद्र्धन हुने तरिकाले गर्न र उनीहरुको मनोसामाजिक अवस्थामा समेत खलबलाउने किसिमले उत्तेजित रुपमा भाषण र कार्यक्रम नगर्नसमेत सङ्घसंस्थाले एक विज्ञप्ति जारी गरी आग्रह गरेका छन् ।

यही भदौ ७ गते टीकापुरमा भएको घटनामा दुईवर्षे बालकको निर्मतापूर्वक हत्या गरिएको घटनाको निन्दा गर्दै बालबालिकाको सुरक्षा संवेदनशीलतामा ध्यान दिन र यस्ता खालका हिंसा नदोह-याउन सम्बन्धित सबैलाई सङ्घसंस्थाले आग्रह गरेका छन् ।

जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल, परिवर्तनका लागि युवा नेपाल, प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उपसमिति, जागृति बाल क्लब नेपालले संयुक्त विज्ञप्ति जारी गरी बालबालिकाको बाँँच्न पाउने अधिकारको साथमा पढ्न पाउनुपर्ने अधिकार पनि सुरक्षित राख्न माग गरेका हुन् । रासस