५ कार्तिक २०८३, बिहिबार

पिपल्स डेन्टल कलेजले एघार लाख मागेपछि विद्यार्थी आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Peoples_dental_collegeकाठमाडौं, १० भदौ । मेडिकल कलेजहरूले गरिब विद्यार्थीबाट चर्को शुल्क असुलेको विरोधमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा गोविन्द केसी अनशनमा होमिएका बेला राजधानीको सोह्रखुट्टेस्थित पिपल्स डेन्टल कलेजले विद्यार्थीबाट अनियमित ढंगले शुल्क असुल्दै आएको छ ।

सरकारले तेकेको अध्ययन शुल्कबाहेक कलेजले विभिन्न बहानामा विद्यार्थीबाट १० देखि ११ लाख रुपैयाँसम्म असुल्ने गरेको भन्दै विद्यार्थी दुई सातादेखि कलेजमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

माग सुनुवाइ नभएपछि आन्दोलनमा होमिएको कलेजका ब्याचलर अफ डेन्टल सर्जरीका विद्यार्थी खगेन्द्र झाले जानकारी दिए।

आन्दोलनले कलेजको पठनपाठन ठप्प छ। माग पूरा गर्न दबाबस्वरूप मंगलबार कलेजका करिब दुई सय विद्यार्थी र्‍यालीसहित आईओएम परिसरको डिन कार्यालय पुगेका थिए।

त्रिभुवन विश्वविद्यालयले ब्याचलर अफ डेन्टल सर्जरी अध्ययनका लागि किस्ता बन्दीमा १७ लाख ५६ हजार नौ सय २० रुपैयाँ तोके पनि कलेजले विद्यार्थीबाट पहिलो चरणमै १८ लाख ५५ हजार असुलेको छ।

किस्ताबन्दीमा तिर्दा २२ लाख रुपैयाँसम्म पुग्ने गरेको विद्यार्थीको गुनासो छ। कलेजले तीनवटा आन्तरिक परीक्षा, त्रिविको रजिस्ट्रेसन दर्ता, नेपाल मेडिकल काउन्सिलको दर्ता, परीक्षा भन्दै मनोमानी शुल्क उठाउने गरेको छ।

फेल भएका विद्यार्थीबाट समेत कलेजले ५० हजार रुपैयाँ जरिबाना शुल्क उठाउँदै आएको छ। वार्षिक अध्ययन हुने भनिएको कलेजमा सेमेस्टर प्राणालीमा अध्ययन चलिरहेको भन्दै एक वर्षमा तीनवटा आन्तरिक परीक्षा र लजिस्टिक शुल्कबापत हजारौं रुपैयाँ विद्यार्थीबाट असुल्ने गरिएको छ।

सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालनमा आएको कलेजमा आवश्यक सेवासुविधाको व्यवस्था नहुँदा अध्ययन गर्न कठिन भएको विद्यार्थीको गुनासो छ।धेरै पैसा असुले पनि कलेजले राम्रो पिउने पानीको व्यवस्था नगरेको विद्यार्थीको गुनासो छ।