काठमाडौं, ९ भदौ । संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको नेपालमा पछिल्लो समय हिंसात्मक घटना बढेका छन् ।
भर्खरैमात्र कैलालीको टीकापुरमा पनि हिंसात्मक घटना घट्यो । जहाँ ७ प्रहरी र एक जना बालक मारिए । यही विषयमा संविधानसभा बैठकमा सभासदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।
यही क्रममा एकीकृत नेकपा माओवादीका सभासद अमनलाल मोदीले संविधानमा आफ्नो माग समावेश गराउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जनतालाई सरकारले वार्तामा ल्याउनुपर्ने बताउनुभएको छ ।
उहाँले जनचाहना विपरीत सीमाङ्कन गरिएकाले यसविरुद्ध आन्दोलनरत जनतालाई सरकारले पाखा लगाउने काम गर्न नहुने, संवैधानिक निकायमा समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो ।















प्रतिक्रिया