९ कार्तिक २०८३, सोमबार

भारत र नेपालका प्रधानमन्त्रीसँग फोटो खिचाएर यसरी भयो लाखौंको ठगी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhagchandra-maharकाठमाडौँ, ९ भदौ । महानगरीय अपराध महाशाखाले उच्चपदस्थ व्यक्तिसँग आफ्नो सम्पर्क छ भन्दै अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महाशाखामा आज पत्रकार सम्मेलन गरी सुर्खेत छिन्चु गाविस घर भई हाल बालाजु बस्ने ४७ वर्षीय भागचन्द्र महरलाई सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलनमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्बेन्द्र खनालले सेन्टल इन्भेस्टिगेसन फोर्स प्रालि नामक अफिस खोली आपूmसँग नेपाल र भारतका विशिष्ट व्यक्ति बसेको फोटो देखाई ठगी गर्दै आएको बताउनुभयो ।

खनालका अनुसार कम्युटरबाट आफ्नो फोटो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि नेपालका प्रधानमन्त्री सुशील कोइरालासम्मको फोटो आफ्नो फोटोमा जोडेर बनाइएको फोटोलाई कार्यालयमा झुण्डाएर आफ्नो पहुँच यी व्यक्तिसँग छ भन्दै उनले प्रतिव्यक्ति १५ लाख उठाइआएका थिए ।

यसैगरी, महाशाखाले पटके चोरीमा संलग्न एक व्यक्तिलाई चोरीका सामानसहित पक्राउ गरेको छ । दोलखा मिर्गे गाविस घर भई हाल बागबजार बस्दै आएको १९ वर्षीय सुवास नेपाली भन्ने मानबहादुर परियार र काठमाडौँ महानगरपालिका २५ बस्ने मदन कपालीलाई पक्राउ गरिएको हो ।

परियारबाट नगद रु. तीन लाख २३ हजार ५००, एकथान टिभी, एकथान डिभिडी, दुई थान सुनको औँठी, एक थान मङ्गलसुत्र, कानमा लगाउने रिङ दुई जोर, युएस डलर ४३६, इराकी नोट रु पाँच हजारको एक थान, भारतीय रुपैयाँ रु १५, इन्टेल मोबाइल एक थान, पुरानो रेडियो एक थान, ट्याव एकथान र घडी एकथान बरामद गरिएको छ ।

यस्तै महाशाखाले क्यानाडा पढ्न पठाउने भनी ठगी गर्ने वल्र्डवाइड एजुकेशन इन्फरमेशन सेन्टर प्रालिका सञ्चालकलाई पनि पक्राउ गरेको छ ।

गोरखा जिल्ला खोप्लाङ गाविस घर भई हाल काठमाडौँ बसुन्धरा बस्ने हरिराम आचार्यले भूकम्पपीडित विद्यार्थीलाई रु. १२ लाखमा क्यानाडा पठाइदिने प्रलोभन दिएर ठगी गर्दै आएको महाशाखाले जनाएको छ ।

thagi
फोटो : अन्नपूर्ण पोष्टबाट