– रबिना बोहरा
बागलुङ, ९ भदौ । बागलुङमा ९ वर्षपछि धार्मिक एवं सांस्कृतिक महत्व बोकेको बागलुङ जिल्लाको पुरानो हनुमान नाँच प्रदर्शन गरिएको छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कतिक विशेषता एवं भौगोलिक विविधतायुक्त देश नेपालको लोकसंस्कृति र कलाको जगेर्ना गर्ने उद्देश्यले हनुमान नाच प्रदर्शन गरिएको हो । जिल्लामा विशेषगरी नेवार समुदायले विगत ३ सय वर्षदेखि देखाउंदै आएको ऐतिहासिक धार्मिक रामायणसंग जोडिएको कथामा आधारित हनुमान नाच ३ वर्ष, ५ वर्षको समयमा प्रदर्शन गर्ने चलन भएपनि विविध कारणबस ९ वषपछि यो नाच प्रदर्शन गरिएको हो ।
पुरानो पुस्ताले नाच्दै आएको ऐतिहासिक हनुमान नाँचलाई नया युवालाई सिकाउँदै आए पछि अहिले भर्खरैका बच्चाहरु समेत हनुमान नाच तर्फ आकर्षित भएका छन् । भक्तपुरबाट ३ सय वर्ष अघि व्यापार व्यवसायको सिलसिलामा बागलुङ आएका नेवार समुदायले आफू संगै ऐतिहासिक धार्मिक संस्कृतिलाई समेत संग संगै लिएर आएका थिए भने अहिले बागलुङमा पनि हनुमान नाचलाई निरन्तरता दिदै आएका छन् ।
धार्मिक सांस्कृतिक, परम्परा अनुसार नचाइने यो हनुमान नाँच विधिपूर्वक पूजा दिएर नचाउने परम्परा भए पनि केहि वर्ष देखि भने विशेष मेला महोत्सव चाडपर्वमा समेत देखाउन शुरु गरिएको छ । विभिन्न तालमा नचाइने हनुमान नाच रामले लंका विजय गर्दा खेरिको घटनाक्रमलाई कथावस्तु बनाएर नाच मार्फत प्रदर्शन गर्दै आएको छ । नेवार समुदायले मात्र नाचिने यो हनुमान नाच अहिले केही वर्षदेखि विभिन्न जातका समुदायले सामुहिक रुपमा नाच्न शुरु गरिएका छन् ।
















प्रतिक्रिया