जनकपुरधाम, ९ भदौ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिएका छन् ।
केही हप्ता अघि घटनास्थलमा आयोजित सार्वजनिक सभामै ‘बाहुनले देश लुटेको अब उनीहरुलाई धपाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका महतोले घटना घटिसकेपछि पत्रकार सम्मेलन गरेर टीकापुरमा भएको घटना दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।
सरकारले बारम्बार वार्तामा बस्न आग्रह गरे पनि वार्तामा किन बस्नु भएन भन्ने प्रश्नको उत्तरमा अध्यक्ष महतोले वार्ताको औचित्य समाप्त भएकाले हामी वार्तामा नबसेको उनको भनाई छ ।
विगतमा सम्झौता लागू गर्नु पर्दछ र सोहीअनुरुप संविधान बन्नु पर्दछ भन्दै अध्यक्ष महतोले भने–‘त्यो सम्झौता पूरा नभएसम्म वार्तामा बस्नुपर्ने आवश्यकता छैन् ।’ रासस












प्रतिक्रिया