काठमाडौं, ९ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले नेपाललाई विखण्डनतर्फ लैजाने चेतावनी दिनुभएको छ ।
नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि आज संविधानसभामा भएको छलफलमा भाग लिँदै उहाँले संघीयता नेपाली जनताको आफ्नै एजेन्डा नभएर अरुले थोपरी दिएको भारी हो भन्दै सङ्घीयताले मुलुकलाई विखण्डनतर्फ लैजानसक्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो-‘मुलुकका लागि सङ्घीयता गलपासो हो, यो तपाईहरुले आफैले भिरेको होइन, अरुले भिराइदिएको भारी हो, मुलुकलाई समृद्ध गर्ने मार्ग भनेको विकेन्द्रीकरण नै हो, त्यसका लागि गाउँलाई धेरै अधिकार दिनुपर्छ ।’













प्रतिक्रिया