सुनसरी , ९ भदौ । सुनसरी जिल्लामा बन्द गराउँदै हिँडेका आन्दोलनकारीसँग प्रहरीले पेट्रोल बम बरामद गरेको छ ।
बोतलमा पेट्रोल राखी राजमार्ग अवरोध गर्ने थारु कल्याणकारी संघ दुहवीका अध्यक्ष परमानन्द चौधरीसहित १५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दुहवी भलुवा नगरपालिका–४ डाँडा चोकस्थित राजमार्ग अवरोध गरी बसेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले १५ बोतल पेट्रोलसहित मंगलबार राति नियन्त्रणमा लिएको हो ।















प्रतिक्रिया