काठमाडौं, ९ भदौ । कैलालीको टीकापुरमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हत्या गरेको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।
मनुवा गाविस–६ सिमल चौराहमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा मंगलबार विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ बर्षीय राम प्रसाद चौधरीसहित १० जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा जोशीपुर-४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्क बहादुर चौधरी, दरख-६ नारायणपुर बस्ने १७ बर्षीय रामजनम चौधरी, मनुवा-१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा-४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी, भजनी-५ बस्ने ४१ बर्षीय प्रेम बहादुर चौधरी रहेका छन् ।
प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो ।















प्रतिक्रिया