सुनसरी, ९ भदौ । अबिरल वर्षासँगै परेको चट्याङ लागेर सुनसरीको कप्तानगंजमा आज बिहान दुई जनाको मृत्यु भएको छ ।
बिहान पौने ९ बजे कप्तानगन्ज ६ मा परेको चट्याङले लागेर स्थानीय ६५ बर्षिया मोहरीदेवी सरदार र उनकी ७ बर्षिया नातिनी चाँदनी सरदारको घटनास्थलमै मृत्यु भएको हो । मोहरीदेवीका ६ बर्षीय नाती सञ्जय भने गम्भीर घाइते भएका छन् ।
उनीहरु घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको सुनसरीका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया