१ कार्तिक २०८३, शनिबार

मलेसियामा नेपाली कामदारको तलब बढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malesiyaकाठमाडौं, ९ भदौ । मलेसियाले नेपाली कामदारको तलब बढाउने घोषणा गरेको छ ।

मलेसियाका उपप्रधान तथा गृहमन्त्री जाहिद हमिदीले मलेसियामा रहेका नेपाली कामदारको तलब लगायतका अन्य सुविधा पनि बढाउने घोषणा गरेका हुन् । हाल मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा मलेसिया सरकारले नेपाली कामदारको तलब बढाउने घोषणा गरेको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मलेसियामा सेक्युरिटी गार्ड पदमा कार्यरत नेपाली कामदारको तलब सुविधा बढाउन लागिएको हो । सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलब बढाएर अब न्यूनतम २ हजार पुर्‍याइने तयारी भइरहेको श्रम मन्त्री टेकबहादुर गुरुङले बताए ।

श्रम मन्त्रालयका अनुसार मलेसियामा रहेका ९ लाख कामदारमध्ये अधिकांश सेक्युरिटी गार्डमा कार्यरत छन् । मलेसिया सरकारले सेक्युरिटी गार्डका लागि आउने कामरदारलाई तालिम दिएर पठाउन नेपाल सरकारलाई आग्रह समेत गरेको छ । मन्त्री गुरुङ नेपाली कामदारलाई न्यूनतम शुल्कमा वैदेशिक रोजगारीमा जाने व्यवस्था पनि चाँडै गरिने बताए ।