९ कार्तिक २०८३, सोमबार

रमेश खरेलले भने-‘मेरो गलत प्रचार भयो, कानुनी बाटोबाटै कारवाही गर्छु’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-kharel

काठमाडौं, ९ भदौ । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल अहिले तनावमा छन् ।

कैलालीको टीकापुर घटनापछि आफ्नो नामबाट फेसबुक पेजहरु बनाएर जथाभावी कुरा लेख्दै गलत प्रचार भएपछि खरेल तनावमा परेका हुन् । दैनिक नेपालसँग टेलिफोनमा कुरा गर्दै एसएसपी खरेलले आफ्नो गलत प्रचार भएको भन्दै अहिले कानूनी उपचारको खोजीमा लागेको बताए ।

उनले भने- ‘मेरो नाममा झण्डै एक दर्जन बढी फेसबुक पेजहरु खुलेको कुरा आएको जानकारीमा आएको छ, कानुनी उपचारबाटै तिनीहरुलाई कारवाही गर्छु ।’ खरेलले त्यस्ता पेजहरु खोल्नेविरुद्ध साइबर क्रइममा मुद्दा हाल्ने तयारी समेत गरेका छन् ।

हाल क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा कार्यरत खरेलले फर्जी फेसबुक पेज बाहेक आफ्नो सक्कली फेसबुकमा समेत जथाभावी कुराहरु ट्याग भएको भन्दै यस्ता एकाउन्ट खोल्नेहरुलाई तुरुन्त बन्द गर्न निर्देशन समेत दिएका छन् ।

यस्तो छ खरेलको सक्कली फेसबुक आईडी :

Ramesh-kharel