दक्षिण कोरिया । कोरियनहरुको दोस्रो ठुलो चाड छुसक ( दशैँ )मा कर्मा ब्यान्डले दक्षिण कोरियामा धमाका मचाउने भएको छ । तमु धीँ दक्षिण कोरियाको आयोजनामा आउँदो सेप्टेम्बर २७ तारिक को दिन हुन लागेको ” रोधीँ साँगीतिक सौगात भाग ३ “मा नेपालको चर्चित ब्यान्ड कर्मा कोरिया आउन लागेका हुन ।
तमु हाउस ( सेल्टर) व्यवस्थापन तथा दैवी प्रकोप सहयोगार्थ हुन लागेको उक्त कार्यक्रम पुर्ण रुपमा सामाजिक कार्यमा समर्पित रहेको तमु धीँ अध्यक्ष सुरज गुरुङले जानकारी दिए । रोजगारको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले काम छोड्दा र विभिन्न समस्यामा रहेकाहरुलाई बस्न सजिलो होस् भन्दै सेल्टर स्थापना गर्न लागेको गुरुङले बताए । नेपालमा विभिन्न समयमा आइरह्ने दैवीप्रकोपमा परेकाहरुलाई सहयोग गर्नु कार्यक्रमको अर्को उदेश्य रहेको छ ।
कर्मा ब्यान्ड लाइभ कन्सर्ट इन कोरिया नाम दिएको कार्यक्रममा कर्मा ब्यान्ड सहित लोकदोहोरी क्षेत्रका अहिलेका व्यस्त गायिका कृष्णा गुरुङ र चर्चित भर्सटाइल गायिका श्रेयसी चेम्जोङले कोरियामा रहेका नेपालीहरुलाई मनोरञ्जन दिने छन । कार्यक्रम सेप्टेम्बर २७ मा कोरियाको राजधानी सिओल नजिकैको शहर दोङ्देमुन स्थित छाङसिन स्कुल कन्सर्ट हलमा हुनेछ ।















प्रतिक्रिया