२१ कार्तिक २०८३, शनिबार

गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बिग्रेको त्रिकोणत्मकसम्बन्धले टीकापुर घटना !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं, ९ भदौ । कांग्रेसका सभासद सुरेन्द्र चौधरीले मंगलबार साँझ रिपोर्टर्स क्लवको हलमा भन्नुभयो, ‘जहाँ गृहमन्त्री र नेपाल प्रहरीका आइजिपीबीच बोलचाल हुँदैन । जहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बोलचाल छैन । यस्तो अवस्थामा कसरी मुलुकको शान्ति सुरक्षा बलियो हुन्छ ?’ उहाँको यो भनाइलाई बल पुग्ने गरेर टीकापुर घटना भएको हो की भन्ने भान सबैमा परेको छ ।

हुन पनि केही समयअघि गृहमन्त्री बामदेव गौतम र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सार्वजनिक कार्यक्रममै घोँचपेच भएको समाचार बाहिरिएको थियो ।

नेपाल प्रहरीसँगको आफ्नो असन्तुष्टि जनाउन गृहमन्त्री गौतमले सशस्त्र प्रहरीलाई पक्राउ गर्न पाउने अधिकार दिने प्रस्ताव ल्याउनुभएको थियो । यो प्रस्तावले गृह मन्त्री र महानिरीक्षक अर्यालबीचको सम्बन्ध झनै विग्रिएको थियो ।

यतिसम्मको सशस्त्र प्रहरीलाई पक्राउ गर्न अधिकार दिने विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षबीच बोलाच नै हुँदन भन्ने समाचार आए । सामाजिक सञ्जालहरूमा यी विषयले चर्चा पाए ।

टीकापुर घटनामा सुरक्षाकर्मीबीचको समन्वय अभावले एसएसपीसहित आठ जनाको ज्यान गएको सुरक्षा अधिकारीहरूले बताइरहेका छन् । यस्तो हो भने सरोकारवाला निकायले समयमा ध्यान दिनुपर्ने हुन्छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीको ‘इगो’का कारण समयमा गोली चलाउने आदेश नपाउँदा प्रहरी कर्मचारीहरूको ज्यान गएको आरोप लगाउनेहरू पनि छन् । र यो आलोचनाले सामाजिक सञ्जालहरूमा स्थान पनि पाउन थालेको छ । यदि यस्तो हो भने समयमा उनीहरू आफ्नो जिम्मेवारी र दायित्वबोधमा लाग्नु पर्छ । जनताको शान्तिसुरक्षाको जिम्मेवारी भुल्नु हुँदैन ।

गृह मन्त्री र दुई आइजिपीको कारणले शान्तिसुरक्षामा समस्या आउन नदिन पनि जिम्मेवार पदमा बसेकाले ध्यान दिनुपर्ने सुरक्षाविश्लेषकहरूको भनाइ छ ।

थारु आन्दोलनकारीहरूले आफ्ना माग पूरा गराउन जारी राखेको आन्दोलन शान्तिपूर्ण रहेको बताउने गरेका छन् । टीकापुरको प्रदर्शमा भएको हिंसा थारु आन्दोलनकारीले गराएका मान्न जान्नेबुझ्नेहरू तयार छैनन् । शान्तप्रिय थारु समुदायले यति भयानक हिंसा गराएको हो भन्ने पक्षमा स्वयं सरकार छैन ।

त्यसैले घटनाको वास्तविक सत्यता पत्ता लगाइ दोषीलाई कारबाही गर्नुपर्छ । त्यसका लागि थारु समुदायको पनि समर्थन रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका अध्यक्ष एवम् थारु/थरुहट संयुक्त संघर्ष समितिका संयोजक धनीराम चौधरीले बताइसक्नु भएको छ ।

उहाँले यतिसम्म भन्नुभएको छ की, ‘सरकारले आफ्नो गैरजिम्मेवारीपना लकाउन थारु आन्दोलनलाई आक्षेप लगाउन पाइदैछ ।’