९ कार्तिक २०८३, सोमबार

लिम्बूलाई दुई वर्ष कैद सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ९ भदौ । जिल्ला अदालत इलामले बाँझो–९ का मनिकुमार लिम्बूलाई २ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लिम्बूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम कसुर गरेको ठहर गर्दै मङ्गलबार २ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

यस्तै सवारीधनी सोयाक निवासी सानो लिम्बूलाई सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी चलाउन दिएको भन्दै अदालतले दुई महिना कैद सजाय सुनाएको छ ।

लिम्बूले ट्याक्टर चलाउने क्रममा गत चैत २ गते सोयाकमा एक बालकको ज्यान गएको थियो । रासस