५ कार्तिक २०८३, बिहिबार

घैँटेको हत्या व्यक्तिगत रिसइबीमा भइको होइनः एसएसपी खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्वेन्द्र खनाल
सर्वेन्द्र खनाल

काठमाडौं, ९ भदौ । गुन्डा नाइके कुमार घैंटेविरूद्धको इन्कान्टरलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले महत्वकांक्षा नभएर अपराधविरूद्धको अभियानका भएको बताएका छन्।

तपाई र कुमार घैंटेको व्यक्तिगत रिसइबी थियो, त्यसको मूल्यमा उनको ज्यान गएको भन्ने परिवारको आरोपबारे उनले भने,‘ घैंटेसँग मेरो ब्यक्तिगत दूस्मनी थिएन, तर म कर्तव्यपालनको सिलसिलामा खटिएको बेला उनले ममाथि आक्रमण गरेका थिए। त्यतिबेला डिएसपीका रुपमा म गस्तीमा थिएँ, उनले हाम्रो समूहमाथि बियरका बोतल यती धेरै प्रहार भएका थिए कि त्यसको बयानै गर्न सकिन्न।’

तर सर्वेन्द्र खनाल भन्ने ब्यक्तिलाई निसानामा राखेर आक्रमण गरेका हुन् भन्ने मलाई लाग्दैन। तर ड्यूटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेका हुन् ।

त्यसमा मेरो ब्यक्तिगत रिसीइबी हुने कुरै भएन। अनि ब्यक्तिगत रिसइबीले प्रहरी संगठनले केही गर्दैन। कानुनअनुसार गर्ने समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।