भीमदत्तनगर, ८ भदौ । टीकापुरमा सोमबार हत्या गरिएका नेपाल प्रहरीका दुई प्रहरी निरीक्षकको आज गृहजिल्ला कञ्चनपुरमा अन्त्येष्टि गरिएको छ ।
मृत्यु भएका कञ्चनपुर झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर घर भएका बलराम विष्ट र बेलौरी नगरपालिका–८ विद्यानगर घर भएका केशव बोहराको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरी निरीक्षक विष्ट र बोहराको शव आजै घरमा पु¥याइएको थियो । विष्टको महाकाली नदी र बोहराको दोदा नदीमा अन्त्येष्टि गरिएको हो । निरीक्षकद्वयको शव घरमा आइपुग्दा गाउँमा सन्नाटा छाएको थियो । उहाँहरुको शवयात्रामा प्रहरी र सयौंँ सर्वसाधारण सहभागी हुनुहन्थ्यो । रासस


















प्रतिक्रिया