काठमाडौं । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेर दुःख ब्यक्त गरेका छन् ।
मंगलबार टेलिफोनमा कैलालीमा भएको घटना प्रति दुःख ब्यक्त गर्दै मोदीले सबैलाई संयमता अपनाउन तथा शान्ति कायम राख्न आग्रह गरेका छन् । मोदीले आफ्नो सन्देशमा भनेका छन्-‘म सबै पक्षसँग हिंसा प्रयोग नगर्न र सामाजिक सद्भाव कायम गर्न विनम्र अनुरोध गर्दछु ।’
मोदीले नेपालको सुरक्षाका लागि छिमेकीको रूपमा भारतले सक्ने जस्तोसुकै जिम्मेवारी लिन पनि तयार रहेको बताए । संविधान लेखन कार्यलाई वार्ता र सहमतिबाटै अगाडि बढाउन र समस्याको समाधान वार्ताबाटै खोज्न उनले विशेष आग्रह गरेका छन् ।















प्रतिक्रिया