९ कार्तिक २०८३, सोमबार

एसएसपी न्यौपानको शव काठमाडौं ल्याइयो, आजै आर्यघाटमा अन्तेष्टि गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxman-Neupane-Policeकाठमाडौं, ८ भदौ । कैलाली घटनामा मारिएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको शवलाई काठमाडौं ल्याइएको छ ।

सोमबार कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणबाट मारिएका एसएसपी न्यौपानेको शव काठमाडौं ल्याएपछि आजै आर्यघाटमा अन्तेष्टि गरिने नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी कमलसिंह बमले एसएसपी न्यौपानेको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो-‘कैलाली घटनामा कर्तव्य पालनका सिलसिलामा मारिएका एसएसपी न्यौपानेको शव काठमाडौं ल्याइएको छ, आजै दिउँसो तीन बजेपछि आर्यघाटमा उहाँको अन्त्येष्टि हुनेछ ।’

बमका अनुसार विमानस्थलबाट न्यौपानेको शव महानगरीय प्रहरी वृत्त गौशालामा राखिनेछ । त्यहाँ उनको शवलाई श्रद्धाञ्जली दिएर पशुपति आर्यघाटसम्म शव यात्रा गरिनेछ । शव यात्रामा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालपनि सहभागी हुनेछन् । शव यात्रा केही बेरमा सुरु हुँदैछ ।

पशुपति आर्यघाटमा आफन्तले न्यौपानेको शवलाई फूलमाला चढाएपछि नेपाल प्रहरीको टुकुडी न्यौपानेलाई अन्तिम सलामी दिनेछ । घटनामा मारिएका अन्य प्रहरी कर्मचारीको उनीहरुकै घर गाउँमा अन्त्येष्टि गरिने छ ।