बाँके, ८ भदौ । बाँकेमा ड्युटीमा खटिएका प्रहरीमाथि पेट्रोल बम प्रहार भएको छ ।
ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने १८ बर्षीय समीर अन्सारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
अन्सारीले त्रिभुवन चोकमा ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए ।
घटनामा परी केही प्रहरी जवान घाइते भएका थिए । उनीहरुको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया