९ कार्तिक २०८३, सोमबार

प्रहरीले विराटनगरमा एम्बुलेन्स तोडफोड गर्नेलाई नियन्त्रणमा लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ८ भदौ । सोमबार साँझ विराटनगर–२१ स्थित रामजानकी चोकमा को१ज १८०४ नम्बरको एम्बुलेन्समा तोडफोड गर्ने गुडु आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ढुन्डीराज न्यौपानेका अनुसार जोगवानीबाट धरान जाँदै गरेको सो एम्बुलेन्समा आलमसहित चार÷पाँच जनाको समूहले ढुङ्गामुढा गरेर सबै सिसा फुटाएका छन् ।

तोडफोडमा संलग्न आलमलाई इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।