रौतहट, ७ भदौ । रौतहट जिल्लामा मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा ढुङ्गामुढा गरेका छन् ।
आन्दोलनकारीले अदालत, नापी कार्यालयमा ढुङ्गामुढा गरी केही झ्यालका सिसा फुटाएका, भन्सार कार्यालयमा पुगी भन्सारको बेरियरमा ताला लगाएको र पूर्वप्रधानमन्त्री नेपालको घरमासमेत ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सदरमुकामस्थित गौर नगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।
महोत्तरी जिल्लामा संयुक्त मधेसी मोर्चाका आन्दोलनकारीले साना तथा घरेलु कार्यालयमा सेवाग्राहीका रुपमा प्रवेश गरी कार्यालयमा तोडफोड गरेका छन् भने रुकुम जिल्ला सदरमुकाममा आन्दोलनकारीले निषेधित क्षेत्रतर्फ जाने क्रममा बाटामा रहेका अस्थायी प्रहरी चौकीमा आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन जना आन्दोलनकारी घाइते भएको र तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया