९ कार्तिक २०८३, सोमबार

प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन्, सरकारले कडा कारवाही गर्नुपर्छ : केपी ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा प्रहरीमाथि भएको आक्रमण घुसपैठिया अपराधीहरुले गरेको बताउनुभएको छ ।

कैलालीको टीकापुरमा भएको हिंसात्मक भीडन्तको सम्बन्धमा बोल्दै उहाँले घटना थारुहरुले होइन् घुसपैठिया अपराधीहरूले गरेको बताउनुभयो ।

थारुहरू यसरी हिंसात्मक कार्यमा नलाग्ने भन्दै उहाँले एसएलआर हतियारसहित आएका अपराधीहरूले प्रहरीको हत्या गरेको दाबी गर्नुभयो । उनीहरूलाई पहिचान गरेर सरकारले कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।

शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर प्रहरीमाथि गरिएको आक्रमणलाई सामान्यरुपमा लिन नसकिने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो षड्यन्त्र हो, आतंक हो । राजनीतिका नाममा कसैले अपराध गर्छ भने त्यो क्षम्य हुँदैन ।’