गौशाला, ७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आज घरेलु तथा साना उद्योग कार्यालय महोत्तरीमा तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरी कार्यालय सञ्चालन गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले कार्यालय प्रमुख सञ्जयकुमार साहको कार्यकक्षमा रहेका कम्प्युटर, प्रिन्टर, मोडेम, टेलिफोन तोडफोड गरी क्षति पु¥याएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले प्रशासन शाखाको कुर्सी टेबुलमाथि रहेका सिसासमेत तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयको करिब रु चार लाख मूल्य बराबरको क्षति भएको कार्यालय प्रमुख सञ्जयकुमार साहले बताउनुभयो ।
तराई मधेस सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डे र नागरिक समाजका अगुवा देवेन्द्र चौधरीसहित १०/१५ जनाको सङ्ख्यामा लाठी, भाटासहित आएका मोर्चाका कार्यकर्ताले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरी क्षति पु¥याएका छन् । रासस















प्रतिक्रिया