९ कार्तिक २०८३, सोमबार

काठमाडौंमा भूकम्पबाट आमा-छोरीसहित तीन जनाको मृत्यु, होटलभित्र लास भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa-mirtuकाठमाडौं, ७ भदौ । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट थप तीन जनाको मृत्यु भएको छ ।

बिनाशकारी भूकम्पले भत्किएको टोखा नगरपालिका-१३ गोंगबुस्थित पाल्पा बुटवल गेष्ट हाउसको भग्नावशेष हटाउने आइतबार क्रममा ३ जनाको मानव कंकाल फेला परेको हो ।

भूकम्पको समयमा बेपत्ता भएका होटल संचालिका पाल्पा हेलाङ–९ घर भएकी २८ वर्षीया भुमिकला रेग्मी सिंजाली, उनकी छोरी अनुष्का सिंजाली र कामदार नुवाकोट मदानपुर–१ घर भएका १८ वर्षीय मुकेश बर्देवाको कंकाल आइतबार भग्नावेष हटाउने क्रममा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कंकालको शिक्षण अस्पताल महाराजगंजमा पोष्टमार्टम भइरहेको छ ।