काठमाडौं, ७ भदौ । भदौ ४ गते बिहान ११ बजेतिर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कोठाबाट झोक्किदै निस्किए ।
तीन दलका नेताहरू सुशील कोइराला, केपी ओली र प्रचण्डसँग असन्तुष्ट भएर निस्किएका गच्दार कता जान्छन् भन्दै केही पत्रकार पनि सोधिखोजीमा लागे ।
तीन दलबीच सात प्रदेशमा सहमति भए पनि नवलपरासीदेखि कैलालीसम्मको तराईलाई एउटा प्रदेश बनाउन नमानेपछि गच्छराले तीन नेतालाई ‘तपाइँहरुले मेरो कुरा बुझ्नु भएन, तर केही दिनमै तपाईलाई अर्को शक्तिले बुझाउँछ, म हेर्दै गरुला’ भनेर निस्केका थिए ।
अरु दलका नेताले अरु शक्ति भन्नाले आन्दोलनकारी भन्ने बुझे । तर केहीबेरमै नेताहरुसम्म खबर पुग्यो– गच्छदार त लैनचौर पुगे भनने ।
शीर्ष नेतासँग झोक्किएर हिंडेका गच्छदार सिंहदरबारबाट सिधै लैनचौरस्थित भारतीय दूतावास पुगेको स्रोतले जनाएको समाचार साँघु साप्ताहिकले छापेको छ ।
गच्छदारले राजदूतावासभित्र के कुरा गरे भन्ने कुरा फोरम लोकतान्त्रिककै नेताहरुलाई पनि थाहा छैन । तर सिंहदरबारबाट निस्कदै गर्दा अब देखाइदिने हो भन्दै चार दलीय गठबन्धनबाट अलग हुने र आन्दोलन चर्काउने संकेत गरेका गच्छदार राजदूतावासबाट फार्किदा केही नरम भइसकेको फोरम लोकतान्त्रिकका एक नेताले बताए ।
तयसपछि उनले फर्केर आएपछि नेताहरुलाई अहिले संविधान निर्माण प्रक्रियाबाट हामी बाहिर जानुहुँदैन, कांग्रेस, एमालेलाई चाँडै प्रेसर आउँछ, हामी सदन र सडक दुबैतर्फ संघर्ष गरौं, अरु विद्रोहका कुरा नगरौ भनेर सम्झाए ।
गच्छदारको कुरा सुनेपछि नेताहरूले अनुमान गरे आन्दोलनको कुरा नसुन्ने तीन दललाई राजदूतावासको दवाव दिलाउन गच्छदार सिधै त्याहा पुगेका छन् । भारतले तराईमा बढीमा तीन प्रदेशसहितको नयाँ नक्सा सुझाउने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ ।















प्रतिक्रिया