५ कार्तिक २०८३, बिहिबार

उमेर तोक्न खोज्दा एमाले अखिलमा आपत्, झन्डै कुटाकुट !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kishworकाठमाडौं, ७ भदौ । उमेर र शैक्षिक योग्यता तोकेर जाँदा संगठनको लागि आवश्यक केही नेताहरू बाहिरिने र गुट तथा व्यक्ति हेरेर मापदण्ड बनाउने खालको चलखेल भएपछि एमाले सम्बद्ध अनेरास्ववियुको बिधान सम्मेलन कुनै निर्णय नगरी टुंगिएको छ ।

बिधान सममेलनबाट कुनै निर्णय हुन नसकेपछि अखलिका दुई गुटले आआफ्नो पक्षका प्रतिनिधिहरुको गुट भेला गरेर असनतुष्टकार्यकर्तालाई थामथुम पारेर पठाएका छन् ।

भदौ ५ गते कीर्तिपुरबाट खाली हात उठेका अखिल कार्यकर्ताहरुका लागि दुबै गुटले भदौ ६ गते गुट भेला गरे । संस्थापन पक्षको भेला नयाँबानेश्वरको अल्फाबिटामा थियो भने माधव नेपाल पक्षको भेला बागबजारको हार्दिक होटेलमा थियो ।

अखिलमा यसपटक नेतृत्व गर्ने व्यक्तिको उमेर शैक्षिक योग्यता तोक्न नकिै ठूलो बहस तथा लबिङ भएको थियो ।

तर अन्तिम चरणमा यो मापदण्ड केही व्यक्तिलाई नतेृत्वमा चढाउने र केहीलाई अपमानजक ढङ्गले बिदा गर्नेगरी विकास भएपछि पार्टी नेतृत्वले अनावश्यक लफडामा नफस्न निर्देशन दियो ।

सोही अनुसार विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारीले केन्द्रीय कमिटीबाट टुङ्गो लगाउने गरी बिधान सम्मेलन टुंग्याउन अखिल नेतृत्वलाई सुझाव दिए ।

अध्यक्ष किशोर मल्लले प्रष्ट प्रस्ताव लैजान नसक्दा पनि यस्तो अवस्गथा आएको एक नेताले बताएको समाचार साँघु साप्ताहिकले छापेको छ ।

अखिलको स्थायी कमिटीले अनेरास्ववियुको नेतृत्वमा रहने उमेर बढीमा ३५ तोकने निर्णय गरेको थियो ।

२८, ३०, ३५ को छलफल चले पनि अन्तमा २८ को प्रस्ताव हलमा गएपछि त्यो पारित हने अवस्था थिएन । किनकि त्यसो गर्दा प्राय सबै बाहिरिने निश्चित थियो ।