काठमाडौं, ७ भदौ । सरकारले मुलुककै प्रतिष्ठित र जेठो विश्वविद्यालयमा बौद्धिक चोरी आरोप लागेका ब्यक्तिलाई उपकुलपतिमा सिफारिस गरेको छ।
शिक्षा मन्त्री संयोजक रेहको उपकुलपति छनोट समितिले बौद्धिक चोरी आरोप लागेका तीर्थराज खनियाँको नाम सिफारिस गरेको हो ।
खनियाँमाथि ९ वर्षअघि टर्किस लेखकको लेख हुबहु सारेको आरोप लागेको थियो ।
त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकाय केन्द्रीय विभाग प्रमुख हुँदा नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टाबाट प्रकाशन हुने उनको अनुसन्धानात्मक लेख प्रकाशित भएको समाचार नागरिक दैनिकले छापेको छ ।















प्रतिक्रिया