खोटाङ, ६ भदौ । जिल्ला विकास समिति खोटाङबाट दलित लक्ष्यित कार्यक्रमअन्तर्गत सञ्चालित लक्ष्यित वर्गको कार्यक्रममा कीर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलासा भएको छ ।
दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष गिरी परियारले लक्ष्यित वर्गको नाममा कीर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेको खुलासा भएको हो ।
परियारले जिविस खोटाङबाट लक्ष्यित वर्गमा पर्ने दलितको बङ्गुरको पाठो बुझेको कीर्ते हस्ताक्षर गरेर रु ५० हजार रकम फछ्र्यौट गरेको प्रशासन स्रोतले जनाएको छ । रकम हिनामिना भएको उजुरी आएपछि रकम असुल गर्ने प्रक्रिया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । “परियारले पाठो किनेर दिने भनेका छन्,” – उहाँले भन्नुभयो, “यदि उपलब्ध नगइराए कानुनी कारबाही अगाडि बढाइनेछ ।”
आफ्नो नाममा बङ्गुरको पाठो पाएको कीर्ते हस्ताक्षर गरेर योजना फछ्र्यौट गरेको भन्ने थाहा पाएपछि प्रशासनमा उजुरी दिइएको पीडितले बताएका छन् । उजुरीपछि परियारले केही व्यक्तिलाई भने पाठो उपलब्ध गराएको पाइएको छ । रासस















प्रतिक्रिया