३० आश्विन २०८३, शुक्रबार

देउवा र रावलको नाम संसद्को ‘रेकर्ड’बाट मेटाउन सभामुख नेम्वाङको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-rawal

काठमाडौँ, ६ भदौ । सभामुख सुवास नेम्वाङले सांसदहरूलाई संयमित भएर आफ्ना अभिव्यक्ति सदनसमक्ष प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोल्ने केही सांसदले उत्तेजित हुँदै अमर्यादित ढङ्गले विभिन्न दलका नेता तथा सांसदविरुद्ध नाम नै किटेर आक्षेप लगाएपछि सभामुख नेम्वाङले त्यस्तो आग्रह गर्नुभएको हो ।

थरुहट तराई पार्टी नेपालका गङ्गा चौधरी (सत्गौवा)ले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र नेकपा एमालेका सांसद भीम रावलविरुद्ध आक्रोश पोखेपछि सभामुखले भन्नुभयो- “उत्तेजित हुनु हुँदैन, असंयमित हुँदा राम्रो सन्देश जाँदैन, सडकमा जारी असंयमता मत्थर पार्ने हामीले असन्तुलित मन्तव्य दिँदा हामी आफैंले बनाएको संसदीय नियमावली विपरीत हुन्छ ।”

साथै सभामुखले नेताद्वय देउवा र रावलको नाम व्यवस्थापिका- संसद्को ‘रेकर्ड’बाट मेटाउन संविधानसभा/व्यवस्थापिका-संसद् सचिवालयलाई निर्देशन दिनुभयो । रासस