– विजय थापा
न्युयोर्क । अमेरिकाको नर्थ क्यारोलिनाकी प्रियंका थपलियाले ५ औं नेपाल–अमेरिका सुन्दरीको उपाधि जितेकी छिन् ।
पाँचौं मिस नेपाल युएस प्रतियोगितामा नर्थ क्यारोलिनाकी प्रियंका थपलिया उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुलाई उछिन्दै ५ औ नेपाल अमेरिका सुन्दरीको भएकी हुन् ।
नेपाल अमेरिका सुन्दरी प्रतियोगितामा मिनेसोटाकी कौशिला लामा प्रथम उप बिजेता तथा र टेक्सासकी नेहा झा द्वितीय उपबिजेता क्रमस भएका छन् ।
यसैगरी मिस पर्सोना लिटिमा दिभ्या भण्डारी, मिस फोटोजेनिकमा प्रियंका थपलिया, मिस ट्यालेन्टमा नेहा झा, मिस कल्चर एंड टुरिस्टमा शारुन गामी, मिस पपुलरमा स्मृति गिरी, मिस डिसीप्लेनमा सुनिता पुन तथा मिस बेस्ट वाकमा कौशिला लामा विजेता भएका छन् ।
विश्व कै सम्राट राज्य न्युयोर्कमा शनिबार साँझ ६ बजे देखि सुरु भएको उक्त कार्यक्रम न्युयोर्क स्थित नैतिक संस्कृति संगीत सभा कक्षमा भएको थियो । नेपालको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको ५ औ मिस नेपाल युएस प्रतियोगिताको लागि बलिउडकी अभिनेत्री मनिषा कोइराला तथा अभिनेता गुलशन ग्रोभरको सहभागिता रहेको थियो ।
यसैगरी प्रतियोगिताको लागि सीएनएन तथा फक्स न्युजका पूर्व ख्याती प्राप्त समाचार वाचिका किरण क्षेत्री तथा २०१० कि विश्व सुन्दरी प्रतियोगिताकी प्रथम उपबिजेता ईमा वारस तथा अन्य अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरुको सहभागिताको बीच सांस्कृतिक कार्यक्रम सहित भब्यताको साथ सम्पन्न भएको छ ।
पाचौ मिस नेपाल युएस प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यहरुबाट अन्तिम १० स्थानमा पर्ने प्रतियोगिहरुमा बिभुति बराल, लस् एन्जेलस, दिभ्या भण्डारी, म्यारिल्याण्ड, ज्योत्शाना पराजुली, ओहायो, कौसली लामा, मिनेसोटा, नेहा झा, टेक्सास, प्रियंका थपलिया, नर्थ क्यारोलिना, रचना ज्ञवाली, मिनेसोटा, स्यारोन गामी, न्युयोर्क, स्मृति गिरी, क्यालिफोर्निया तथा सुनिता पुन ब्रिटिश कोलम्बियाका सुन्दरीहरुले भाग लिएका थिए ।





















प्रतिक्रिया