५ कार्तिक २०८३, बिहिबार

शिक्षकले हान्दा कानको जाली फुट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ६ भदौ । शिक्षकले कुट्दा भक्तपुरका एक विद्यार्थीको कानको जाली फुटेको छ ।

भक्तपुर नगरपालिका देकोचास्थित जेन्युइज इंलिस सकेन्डरी स्कुलका कम्युटर शिक्षकले कुट्दा कक्षा ६ का १२ वर्षीय एरिकप्रताप थापाको कानको जाली फुटेको अभिभावकले बताएका छन् ।

‘अक्षर राम्रो बनाउन र छिटो लेख्न भन्दै टाउकोमा टुटुकल्को आउनेगरी कुटे’ एरिकले भने, ‘एकैछिनमा फेरि पछाडिबाट दाहिने कानमा जोडले हाने ।’