३० आश्विन २०८३, शुक्रबार

‘ग्रीन कार्ड, पिआर लिएका प्रधानमन्त्री, प्रधानन्यायाधीश र मुख्यसचिव नेपालको माया नभएर भागे’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lal-babu-pandit-titanheraldकाठमाडौं, ५ भदौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उच्च ओहोदाका भगौडालाई नेपालको माया नभएर ‘ग्रीन कार्ड’ र ‘पिआर’ लिएको बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘नेपाल र नेपाली हुँ’ भन्ने बिर्सेर विदेश जानेले उतै आफ्नो पहिचान खोज्न थालेको बताउनुभयो ।

देशको प्रधानमन्त्री, प्रधानन्यायाधीश, मुख्यसचिव भइसकेका र राजनीतिकर्मीसमेत भगौडाको सूचीमा परेको आफूले पाएको बताउँदै मन्त्री पण्डितले भन्नुभयो, “ग्रीनकार्ड एवम् पिआर लिएका यस्ता थुप्रैले मलाई आँखाका कसिङ्गर देखेका छन्, तर यी नेपालका कसिङ्गरलाई म आफैँ बढार्नेछु ।” ग्रीन कार्ड, पिआर लिएर देशको प्रशासनिक क्षेत्र, सुरक्षा अङ्ग, आर्थिक क्षेत्रमा बसेकाले देशलाई माया नगरी देशको पसिनाबाट तलब खाएर बसेको देशको दुश्मन भएको टिप्पणी गर्नुभयो ।

उहाँले संविधानको धारा २८३ मा देशको कुनै पनि ओहोदामा बसेकाले ग्रीनकार्ड एवम् पिआर लिन नपाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । मन्त्रालयमा आएर टाउकामा हात राखेर मैले ग्रीन कार्ड लिएको छैन भन्नेले विदेश गएर सुटुक्क राजीनामा पठाएका चर्चा गर्दै उहाँले कतिपय राजस्व, भन्सार कार्यालय यस्ता पिआरधारी कर्मचारी भारतबाटै भागेर अमेरिका पुगेको बताउनुभयो ।