चितवन, ५ भदौ । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल समाजसेवामा लाग्नुभएको छ ।
चितवनको गामवेसीमा रहेको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुको दीर्घकालिन भरणपोषणको लागि अक्षय कोष निर्माण गर्ने घोषणा गर्दै एसएसपी खरेलले समाजसेवाको थालनी गर्नुभएको हो ।
उहाँले भन्नुभयो-‘आर्थिक रुपमा कमजोर बालबालिकाहरुका लागि उहाँहरुले गरेको काम मलाई चित्त बुझ्यो, यस्ता कार्यमा मेरो इच्छा पनि छ, उहाँहरुसँग मिलेर चाँडै नै अक्षय कोष खोल्ने तयारीमा छु ।’
हाल मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख रहेका एसएसपी खरेलले स्थानीय अगुवाहरुको समन्वयमा अक्षय कोष खोल्न लागेको जानकारी दिनुभयो ।
उहाँले महिनाको एकपटक केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुलाई मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र लैजाने र विभिन्न खेलकुदका कलाहरु सिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।















प्रतिक्रिया