१ कार्तिक २०८३, शनिबार

यो हप्ता सुनको भाउ २३ सय रुपैयाँले बढ्यो, अझै बढ्ने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, ५ भदौ । यो हप्ता सुनको भाउ २३ सय रुपैयाँले बढेको छ ।

साताको पहिलो दिन तोलाको ४९ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार ५१ हजार ६ सय रुपैयाँ पुगेको हो । सुनको भाउ शुक्रबार एकैदिन तोलामा १४ सय रुपैयाँ बढेको थियो । यो सँगै हप्ताभरी सुनको भाउ २३ सय रुपैयाँले बढेको हो ।

अमेरिकी डलरमा गिरावट आएसँगै सुनचाँदीको भाउ क्रमश बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै नेपालमा पनि मूल्य बढेको हो ।

महासंघका अनुसार आगामी हप्ता पनि सुनचाँदीको भाउ यही दरमा बढ्ने क्रम जारी रहने अनुमान छ । चाँदीको भाउ पनि साता भरमा १५ रुपैयाँ बढेको छ । आइतबार तोलाको ७ सय रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ७ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।