५ कार्तिक २०८३, बिहिबार

एमालेमा अब सीमित सदस्यले मात्रै केन्द्रीय कमिटीमा भाग लिएर बोल्न पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, ५ भदौ । एमाले केन्द्रीय कमिटी बैठकमा सबै केन्द्रीय सदस्यले भाग लिन नपाउने भएका छन् ।

विषयको गम्भीरता हेरेर सीमित केन्द्रीय सदस्यले मात्रै बोल्न पाउने गरी बैठक संचालन कार्यविधि र आचारसंहिता ल्याएर एमालेले बोल्न निषेध गरेको हो ।

केन्द्रीय कमिटी जम्बो भएकाले निश्चित संख्यामा केही नेताले मात्रै बोल्न पाउनेगरी एमालेले केन्द्रीय सचिवालयबाट कार्यविधि र आचारसंहितालाई अन्तिम रुप दिएको समाचार राजधानी दैनिकले छापेको छ ।