४ कार्तिक २०८३, बुधबार

घैँटे प्रकरणपछि डनहरू असुरक्षित, भाग्न थालेपछि डनमाथि प्रहरीको निगरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्वेन्द्र खनाल
सर्वेन्द्र खनाल

काठमाडौं, ५ भदौ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुख्य सहरमा गुण्डाराज चलाउँदै आएका डन देश छाडेर भाग्ने तयारी गरेका छन् ।

राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूहरु असुरक्षि महसुस गरी देशै छाड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेका गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न शुरु गरेको छ ।

प्रहरीहरु आफूहरुविरुद्ध आक्रामण भएपछि उनी भाग्ने तयारीमा रहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । अरु केहीलाई पनि प्रहरीले निसानामा राखेको छ ।