३० आश्विन २०८३, शुक्रबार

सात प्रदेश बनाउँदा नेपालका चार जिल्ला टुक्रिए, को-को परे ? (हेर्नुस् नक्सा)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-7-pardesh-mapकाठमाडौं, ४ भदौं । उच्चस्तरीय राजनीतिक विशेष समितिले सात प्रदेशको संघीय नेपाल बनाउने निर्णय गरेसँगै चार जिल्ला टुक्र्एिका छन् । सात प्रदेशको नयाँ सीमांकनमा नेपालका रुकुम, बाग्लुङ, नवलपरासी र पर्सा जिल्लाका केही भाग टुक्रिएका हुन् ।

२ नम्बर प्रदेशमा पर्ने पर्सा जिल्लाको ठोरी गाविस र केही भाग तीन नम्बर प्रदेशमा राखिएको छ । नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भागलाई छुट्याएर ४ नम्बर प्रदेशमा राखिएको छ ।

परासी बजारसहितको पश्चिमको भाग प्रदेश नम्बर ५ मा राखिएको छ । ४ नम्बर प्रदेशमा राखिएको नवलपरासीको पूर्वी भागले ४ नम्बर प्रदेशलाई भारतसँग जोड्छ ।

त्यस्तै बाग्लुङ जिल्लालाई पनि लगभग आधा पारेर पूर्वी भाग ४ नम्बरमा प्रदेशमा र पश्चिमी भाग ५ नम्बर प्रदेशमा राखिएको छ ।

मध्यपश्चिमको पहाडी जिल्ला रुकुमलाई टुक्राएर मगर बाहुल्य रहेको पूर्वको आधा भाग ५ नम्बर प्रदेशमा राखिएको छ भने आधा भाग नयाँ बनाइएको सल्यानसहितको भेरी र कर्णाली अञ्चलका जिल्लाहरुको ६ नम्बर प्रदेशमा राखिएको छ ।

विशेष समितिको आजको बैठकले ६ प्रदेशको सीमांकनलाई परिमार्जन गर्दै सात प्रदेशको संघीय नेपाल बनाउने निर्णय गरेका थिए ।

यो पनि पढ्नुहोस् :

अन्ततः सात प्रदेश बनाउने सहमति, ६ प्रदेशमा कहाँ-कहाँ भयो परिमार्जन ?