२१ कार्तिक २०८३, शनिबार

गुन्डा नाइके कुमार घैंटेलाई शहिद घोषणा गर्न कांग्रेसका सभासद्को माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’लाई शहिद घोषणा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभासद्ले माग गरेका छन् ।

kumar-gaite-2

उनीहरुले इन्काउन्टरको नाममा घरभित्रै छिरेर घैंटेको हत्या गर्ने प्रहरीलाई समेत कारवाही गर्न संसदमा आवाज उठाएका हुन् । काठमाडौं क्षेत्र नम्बर ६ का सभासद भिमसेनदास प्रधानले घैंटेको सुनियोजित हत्या भएको भन्दै प्रहरीमाथि कारवाही माग माग गरे । उनले भने–‘सामान्य जीवन विताइरहेको मानिसलाई घरभित्रै गोली हान्ने अधिकार कस्ले दियो ?’

अर्की सभासद कौशर साहले इन्काउन्टरमा मारिएका घैंटेलाई शहिद घोषणा गर्न माग गरेकी छिन् । संसदमा सभामुखसँग समय लिएर बोल्दै सभासद शाहले घैंटेको गैरन्यायिक हत्या भएकाले उनलाई शहिद घोषणा गरिनुपर्ने बताइन् ।

उनलाई प्रहरीले षडयन्त्रपूर्वक हत्या गरेको शाहको आरोप छ ।