२१ कार्तिक २०८३, शनिबार

‘संविधान निर्माण भदौभन्दा पर जाँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minendraकाठमाडौँ, ४ भदौ । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधान निर्माणको काम भदौ मसान्तभन्दा पर नजाने दाबी गर्नु भएको छ ।

लायन्स क्लबले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले मस्यौदा समितिले आजभोलिमा नै मस्यौदा सभामुखसमक्ष बुझाउने र त्यसमा सैद्धान्तिक छलफलपछि विधेयक संशोधनका लागि संविधानसभामा छलफल गर्ने काम अगाडि बढ्ने भएकाले संविधान निर्माणको काम भदौ मसान्तसम्म जान सक्छ भन्नुभयो ।

उहाँले सके सर्वसम्मतबाट अन्यथा दुई तिहाइबाट भए पनि देशलाई निकास दिन आवश्यक रहेको भन्दै आन्दोलनभन्दा पनि छलफल र वार्ताबाट निकास खोज्न विपक्षी दललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘संविधानमा आफूलाई चित्त नबुझेका कुरा काट्दै जाने हो भने खाली कागज मात्र हुन्छ ।’ रासस