२१ कार्तिक २०८३, शनिबार

वर्षाले पशुपतिक्षेत्रको विश्वरुपा मन्दिर ढल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupatinathकाठमाडौँ, ४ भदौ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर बिहीबार रातिको वर्षाले भत्किएको छ ।

वैशाख १२ गतेको भूकम्पले जीर्ण भई आधा भत्किएको मन्दिरको आज बिहान ९ बजे गजुरको पूरै भाग भत्किएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

विसं १९१९ मा जङ्गबहादुर राणाले विश्वरुपा मन्दिरको स्थापना गरी वसन्तपुरको नासलचोकमा असरल्ल रहेको मल्लकालीन मूर्ति ल्याई पूजाआजाको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

गुम्बज शैलीमा निर्माण गरिएको मन्दिरको बाहिरपट्टि उत्तरी भागमा नेपाल—भोटबीच युद्ध हुँदा फर्कने क्रममा बाटोमा भेटी ल्याइएको भैरवको मूर्ति स्थापना गरिएको बताइएको छ ।

“आजसम्म मन्दिरमा पूजाआजा गरिएकोमा पूरैभाग भत्किएपछि नित्यपूजा चलाउन नसकिने र ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण मूर्ति निकाल्न नसकिने अवस्थामा पुगेको छ”– सदस्य सचिव डा टण्डनले भन्नुभयो । रासस