२१ कार्तिक २०८३, शनिबार

स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा निधन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Swami-Prapanacharyaकाठमाडौं, ४ भदौ । स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

उहाँको निधन बिहान साढे तीन बजे पशुपतिस्थित मृगस्थली आश्रममा भएको हो ।

उहाँ लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य उहाँले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गर्नुभएको छ ।

‘वेदमा के छ ?’ नामक उहाँको कृति चर्चित छ । किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी धेरै कृति पनि प्रकाशित छन् ।

हालै नेपाल संस्कृत विश्वविद्यालयले उहाँलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो । साथै सरकारले उहाँको योगदानको कदर गर्दै उहाँलाई आजीवन मासिक ३० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

उहाँको जन्म विक्रम संवत १९८० मा पाँचथरमा भएको थियो । ३० वर्षको उमेरमा उहाँले लेखपढ गर्न प्रारम्भ गर्नुभएको थियो ।